
जनकपुरधाम – लागुऔषधसहित सिरहाबाट तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढीमाइ नगरपालिका–८ हनुमाननगरका २७ वर्षीय कुशेश्वर शर्मा, सुखिपुर नगरपालिका–७ का सन्जु राय र १८ वर्षीय रुपेश साह रहेको प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
कुशेश्वरलाई लागुऔषध नाइट्रोभेट ट्याब्लेट २ सय ७० पिस तथा राय र साहलाई ६ सय पिस लागुऔषध नाइट्रोभेट ट्याब्लेटसहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।