
मोरङ-झापामा १ सय ३ सयसहित प्रदेश १ मा २ सय ३१ जना कोरोना भाइरसका नयाँ संक्रमित थप भएका छन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार गरिएको ७ सय २५ जनाको पिसिआर परिक्षणका क्रममा सो रिपोर्ट आएको हो। जसमा १ सय ५ महिला र १ सय २६ पुरुष रहेकाछन् ।
यसक्रममा झापामा १ सय ३, मोरङमा ८६, सुनसरीमा ३३, इलाममा ३, ते¥हथुममा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ।
झापाको दमक नगरपालिकामा ४६, कनकाई नगरपालिकामा १८, झापा गाउँपालिकामा ११, विर्तामोड नगरपालिकामा १०, भद्रपुर नगरपालिकामा ७, मेचीनगर नगरपालिकामा ४, हल्दिबारी गाँउपालिकामा २, बुद्धशान्ति, बाह्रदशी, कमल गाँउपालिकासंगै गौरादह र अर्जुनधारा नगरपालिकामा समान १ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार प्रदेश राजधानी विराटनगर महानगरपालिकामा ६३, रतुवामाई नगरपालिकामा ६, कटहरी गाँउपालिकामा ४, रंगेली नगरपालिकामा ३, उर्लाबारी नगरपालिकामा २, ग्रामथान, मिक्लाजुंग गाँउपालिकासँगै बेलबारी, र सुन्दरहरैचा नगरपालिकामा समान १, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
सुनसरीको धरान उपमहानगरपालिकामा २२, इटहरी उपमहानगरपालिकामा ६, कोशी गाँउपालिकासंगै बराहक्षेत्र र इनरुवा नगरपालिकामा समान १, र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।
त्यसैगरि पहाडी क्षेत्रतर्फ इलामको चुलाचुली गाँउपालिकामा २, इलाम नगरपालिकामामा १, तेह्रथुमको म्याङलुङ नगरपालिकामा २, उदयपुरको त्रियुगा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ६ सय ६५ पुगेको छ।
अर्कोतर्फ गएको २४ घण्टामा प्रदेशमा ६ सय २५ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले प्रस्टाएको छ।
मन्त्रालयले प्रदेशको विभिन्न स्थानका होमआइसोलेसनबाट ६ सय २२ र विराटनगरस्थित न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन्। हालसम्म प्रदेशमा डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ७८ पुगेको छ ।