
कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको रोमानियाको एक अस्पतालमा आगलागती हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । आगलागीका कारण अरु केही गम्भीर घाइते भएका छन् ।
उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो। बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका छन् । उनलाई आर्मीको विमान मार्फत राजधानी लगिएको छ ।
विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुले स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
सो अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई लासी शहरमा रहेको अर्को अस्पतालमा सारिएको छ।