चीनद्वारा कर्णाली नदी किनारका नेपाली ढुङ्गा प्रयोग गरेर तटबन्धन निर्माण

चीनद्वारा कर्णाली नदी किनारका नेपाली ढुङ्गा प्रयोग गरेर तटबन्धन निर्माण
+
-

सिमकोट – चीनले नेपालसँगको सिमाना हिल्साको किट क्षेत्रमा कर्णाली नदी किनारका नेपालपट्टीका ढुङ्गा लगरे आफ्नोतर्फ तटबन्धन निर्माण गरेको छ। जसको कारण उक्त तटबन्धनले नदीको पानीको बहाव नेपाली भूभागतर्फ फर्केको छ ।

नेपाली पक्षको कहिल्यै पनि उपस्थिति नहुने किट क्षेत्रमा चीनले मनोमानी रुपमा नदीको कटानबाट आफ्नो भूभागको सुरक्षा तटबन्धन निर्माण गरेर नदीको बहाव नेपालतर्फ फर्काएको नाम्खा गाउँपालिकाका अध्यक्ष पेमा लामाले बताए ।

त्यो पनि कर्णाली नदी किनारको नेपाल पट्टीको ढुङ्गा लगेर उक्त तटबन्धन निर्माण गरिएको छ । यसबाट चीनको भूभाग कटानबाट सुरक्षित भएको छ भने नेपाली भूभाग कटानको जोखिममा परेको छ ।

यसरी अर्काको जमिनको ढुङ्गा लगेर आफ्नो जमिनलाई सुरक्षित बनाउनु तर अर्काकोलाई जे सुकै होस् मतलव नहुनु हेपाहा प्रवृत्ति भएको कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताए।

उक्त क्षेत्रमा जान चीनतर्फबाट सडक सञ्जाल पुगेको छ भने नेपालतर्फबाट घोरेटो बाटो पनि राम्रो छैन । चीनले किटमा कहिले तटबन्धन निर्माण गरेको हो भन्ने पनि नेपाली पक्षलाई थाहा छैन ।

सीमा सुरक्षा पोष्ट हिल्साका प्रहरी आफू सीमा अनुगमन गर्न जाँदा नेपाली किनाराका ढुङ्गा उखेलेर लगि चिनियाँ क्षेत्रमा तटबन्धन गरेको देखिएको बताउँछन् ।

यसरी नदीको किनारामा तटबन्धन निर्माण गरेको क्षेत्र करिब पाँच सय मिटर भन्दा बढी रहेको छ । यस बारेमा नाम्खा गाउँपालिका पनि बेखवर जस्तै छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?