प्रदेश-१ मा १५३ डिस्चार्ज, ८५ संक्रमित थपिए

प्रदेश-१ मा १५३ डिस्चार्ज, ८५ संक्रमित थपिए
+
-

मोरङ-प्रदेश-१ मा ८५ जना कोरोना भाइरसका नयाँ संक्रमित थप भएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार आईतबार ४ सय २६ जनाको पिसिआर परीक्षण गरिएको मध्ये ३३ महिला र ५२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

यसक्रममा मोरङ्गमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, तेह्रथुम र धनकुटामा समान ६, झापामा ५, इलाममा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश राजधानी विराटनगर महानगरपालिकामा १८, मोरंगको सुन्दरहरैचा, रंगेली नगरपालिकासंगै बुढीगंगा गाँउपालिकामा समान २, उर्लाबारी, सुनबर्षी र बेलबारी नगरपालिकामा समान १ र स्थानीय तह नखुलेका २ जनामा कोभिड १९ पोजिटिभ देखिएको छ।

त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिकामा १०, इटहरी उपमहानगरपालिकामा ६, इनरुवा नगरपालिका र हरिनगर गाँउपालिकामा समान २, दुहबी, बराहक्षेत्र नगरपालिकासंगै, बर्जु, र देवानगञ्ज गाँउपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

झापाको दमक र विर्तामोड नगरपालिकामा समान २ र स्थानीय तह नखुलेका १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरि, पहाडी क्षेत्रतर्फ, ताप्लेजुङको फुङलिङ नगरपालिकामा ५, पाथिभरा र श्रीजंगा गाँउपालिकामा समान १, तेह्रथुमको म्याङलुङ नगरपालिकामा ६, धनकुटाको महालक्ष्मी नगरपालिकामा ५ र साँघुरीगढी गाँउपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ।

इलामको माईजोगमाई नगरपालिकामा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ । यससंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २३ हजार ७ सय ५० पुगेको छ।

अर्कोतर्फ, प्रदेशमा आइतबार १ सय ५३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेको मन्त्रालयले जनाएको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ३१ पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?