नेदरल्याण्डस, इटाली र वेल्स विजयी

नेदरल्याण्डस, इटाली र वेल्स विजयी
+
-

युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएका खेलमा नेदरल्याण्डस, वेल्स र इटाली विजयी भएका छन् ।

समूह ए वान अन्तर्गतको खेलमा नेदरल्याण्डसले घरेलु मैदानमा बोजनिया–हर्जगोविनालाई ३–१ ले पराजित गरेको हो । नेदरल्याण्डसका लागि जर्जिनिओ विनालडमले दुई तथा मेमफिस डिपेले एक गोल गरे । बोजनियाका लागि प्रेभ्ल्जाकले एक गोल फर्काए ।

सोही समूहको अर्को खेलमा इटालीले पोल्याण्डलाई २–० ले पराजित गरेको छ । इटालीका लागि जोर्गिन्हो र बेरार्डीले एक–एक गोल गरे ।

जितपछि ९ अंकसहित इटाली समूहको शीर्ष स्थानमा तथा नेदरल्याण्डस ८ अंकसहित दोस्रो स्थानमा छन् । पोल्याण्ड सात अंकसहित तेस्रो स्थानमा छ ।

समूह बी फोर अन्तर्गतको खेलमा वेल्सले रिपब्लिक अफ आयरल्याण्डलाई १–० ले पराजित गरेको छ । वेल्सका लागि ग्यारेथ बेलको सहयोगमा ब्रूक्सले गोल गरे ।

नेशन्स लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा स्लोभाकियाले स्कटल्याण्डलाई १–०, अर्मेनियाले जर्जियालाई २–१, अल्बानियालो काजखस्तानलाई ३–१, बेलारुसले लिथुवानियालाई २–०, टर्कीले रुसलाई ३–२, फिनल्याण्डले बुल्गेरियालाई २–१, ग्रिसले माल्डोभालाई २–० तथा स्लोभेनियाले कोशोभोलाई २–१ ले पराजित गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?