चार अन्तरिक्ष यात्रीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र तर्फ नासा–स्पेसएक्सको यान

चार अन्तरिक्ष यात्रीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र तर्फ नासा–स्पेसएक्सको यान
+
-

चार अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) को यात्रा सुरु गरेका छन् । तीन अमेरिकी र एक जापानी अन्तरिक्षा यात्राले अमेरिकाको फ्लोरिडाबाट यात्रा थालेका हुन् ।

फ्लोरिडाको केनेडी स्पेस सन्टरबाट स्पेसएक्स कम्पनीले प्रदान गरेको रकेट तथा क्याप्सुलमा अन्तरिक्ष यात्रीहरुले आइएसएसको यात्रा थालेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्पेसएक्सले दोस्रो पटक सेवा प्रदान गरेको हो ।

अन्तरिक्ष यात्राको नयाँ युग सुरु भएको बताउँदै नासाले अब उपरान्त व्यवसायिक सेवा प्रदायकहरुबाट नियमित रुपमा अन्तरिक्ष यात्रा गर्न सकिने उल्लेख गरेको छ ।

अमेरिकी माइकल होप्किन्स, भिक्टर ग्लोभर र शानोन वाल्कर तथा जापानी स्पेस एजेन्सी (जासा) अनुभवी अन्तरिक्षयात्री साइची नोगुचीलाई लिएर अन्तरिक्ष यान आइएसएस तर्फ गएको हो ।

साइची नोगुची

तीन फरक प्रकारका अन्तरिक्ष यानमा यात्रा गर्ने नोगुची पहिलो अन्तरिक्षयात्री बनेका छन्।

चार अन्तरिक्ष यात्रीलाई लिएर रकेट केनेडी स्पेस सेन्टरबाट नेपाली समय अनुसार सोमबार बिहान ६ बजेर १३ मिनेट जाँदा उडेको हो। एक दिनको अवधिमा उनीहरु आइएसएस पुग्ने छन् ।

तस्बिरहरुः रोयटर्स र इपिए

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?