मेस्सीसँगै धेरै सफलता हात पारेका अर्जेन्टिनाका कीर्तिमानी मस्चेरानोद्धारा सन्याश

मेस्सीसँगै धेरै सफलता हात पारेका अर्जेन्टिनाका कीर्तिमानी मस्चेरानोद्धारा सन्याश
+
-

अर्जेन्टिनाका कीर्तिमानी फुटबलर जेभियर मस्चेरानोले खेलाडी जीवनबाट सन्याशको घोषणा गरेका छन्।

यी ३६ वर्षीय मिडफिल्डरले लामो समय बार्सिलोना र लिभरपुलबाट व्यावसायीक फुटबल खेलेका थिए। उनी अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने खेलाडी हुन्।

लिभरपुलका लागि तीन वर्ष र बार्सिलोनाका लागि ८ वर्ष खेलेका मस्चेरानोले पछिल्ला दुई वर्ष चीन र अर्जेन्टिनाको घरेलु लिग फुटबलमा बिताएका छन्। गत सिजन उनले अर्जेन्टिनाको एस्टुडियान्टेसका लागि खेलेका थिए।

१९ वर्षको उमेरमा सन् २००३ मा रिभर प्लेटबाट व्यावशायीक फुटबलमा डेब्यु गरेका मस्चेरानोले उक्त क्लबलाई घरेलु लिग उपाधि जिताएका थिए। सन् २००६ मा मस्चेरानो र कार्लोस टेभेज दुवै इङ्लिस प्रिमियर लिग फुटबल क्लब वेस्टहाम युनाइटेड स्थानान्तरण भएका थिए।

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सी रहेको बार्सिलोनाका लागि मास्चेरानोले पाँच ला लिगा र पाँच कोपा डेल रे तथा दुई युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि जितेका छन्। दुईपटक क्लब विश्वकप पनि जितेका छन्। अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनलसम्म पुग्दा मस्चेरानोको भूमिका महत्वपूर्ण रहेको थियो।

‘म व्यावसायीक खेलाडी जिवनबाट आज सन्याश लिँदै छु। क्लबले अर्जेन्टिनामा मेरो करियर अन्त्य गर्न दिएकोमा खुसी व्यक्त गर्न चाहन्छु। मैले व्यावशायीक खेलाडी जिवन शतप्रतिशत बाँचे। जति गर्न सक्थेँ त्यो गरेँ’, मस्चेरानोले भनेका छन्। उनले क्लबका लागि ६ सय ४९ खेल र देशका लागि एक सय ४७ खेल खेलेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?