
जनकपुरधाम-प्रदेश २ मा थप ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यो सँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ३ सय ३५ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा धनुषा र सप्तरीमा ४÷४, महोत्तरीमा २ र सिरहामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषाको जनकपुरधाममा २, सबैला नगरपालिकामा १ र खजुरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सप्तरीको खडक नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महोत्तरीको बर्दिबाँस नगरपालिकामा २ र सिरहाको सिरहामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
यससँगगै निको हुनेको संख्या १५ हजार २ सय ९४ पुगेको बरिष्ठ चिकित्सक डा. यादवले जानकारी दिए। आज धनुषामा २७, बारामा १४ र सप्तरीमा २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
हाल यस प्रदेशमा ८ सय ५८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।