कोभिड-१९ बाट विश्व स्वास्थ्य संगठनका ६५ कर्मचारी संक्रमित

कोभिड-१९ बाट विश्व स्वास्थ्य संगठनका ६५ कर्मचारी संक्रमित
+
-

काठमाडौँ-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन्।

उनीहरु सवै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन्।

संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला सङ्क्रमित भएको जनाइएको छ।

डब्लुएचओले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार संक्रमण पुष्टि भएका सबैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको छ।

त्यसैगरी उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि गरिएको डब्लूएचओले जनाएको छ।

विश्वव्यापीरूपमा फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेल्दै आइरहेको अन्तर्राष्ट्रिय संस्थाका कर्मचारी नै संक्रमित हुनुलाई अर्थपूर्ण रुपमा लिने गरिएको छ।

जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभरी अहिलेसम्म कुल पाँच करोड ४६ लाख ७८ हजार १५९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ती मध्ये १३ लाख २१ हजार ४०३ जनाको मृत्यु भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?