
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानका गलत समाचार लेखेको आरोपमा एक चिनियाँ पत्रकार महिनौँदेखि जेलमा रहेको बिबिसीले जनाएको छ।
३७ वर्षीया झाङ झान गत मेयता जेलमा छिन्। उनिविरुद्ध लगाइएको आरोप पुष्टि भए झानलाई पाँच वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ। यसअघि फेब्रुअरीमा ३ जना पत्रकारलाई चीन सरकारले नियन्त्रणमा लिएको थियो।
तीमध्ये अप्रिलमा बाहिर देखिएका लि जेउवाले आफु क्वारेन्टिनमा रहेको बताएका थिए। त्यसपछि बाहिर आएका चेन क्युसीलाई त्यसबीचमा ‘सरकारी निगरानी’मा राखिएको बताइएको थियो। फाङ बिनको अवस्था अझै अज्ञात छ।