
काठमाडौँ- मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा अहिले नेपाल र बंगलादेश भिडिरहेका छन्। बंगलादेशको बंगबन्धु रंगशालामा भइरहेको खेलको पहिलो हाफ जारी रहँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।
बंगलादेश भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेलिरहेको हो।
यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २-० गोलले पराजित भएको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारीबीच अन्तर्राष्ट्रिय फुटबलमा फर्कन दुवै टोलीले दुई वटा मैत्रिपुर्ण खेल खेलेका हुन्।
नेपालले पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेल लगातार हारेको छ। यी खेलमा नेपालले एक गोल पनि गर्न सकेको छैन भने १४ गोल ब्यहोरेको छ। नेपालले अन्तिमपटक चाइनिज ताइपेईलाई हराएको थियो, गत वर्षको सेप्टेम्बरमा भएको विश्वकप छनोटको खेलमा।