९० औँ मिनेटको गोलले पोर्चुगललाई दिलायो जित

९० औँ मिनेटको गोलले पोर्चुगललाई दिलायो जित
+
-

साबिक विजेता पोर्चुगल युरोपियन नेशन्स लिग फुटबलको फाइनल्समा पुग्न सकेन तर उनले प्रभावशाली खेल भने पस्किएको छ ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले क्रोएसियालाई ३–२ ले पराजित गरेको छ । अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको समूह ए थ्रीको पोर्चुगलका लागि रुबेन डियाजले दुई तथा सेक्वेइराले एक गोल गरे ।

क्रोएसियाका लागि मातेओ कोभासिकले दुई गोल गरे । मार्को रोग ५१ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि क्रोएसिया १० खेलाडीमा सीमित भयो ।

कोभासिकले २९ औँ मिनेटमा गोल गरि घरेलु टोली क्रोएसियालाई सुरुवाति अग्रता दिलाए । ५२ औँ मिनेटमा डियाजले पोर्चुगलका लागि बराबरी गोल गरे । ६० औँ मिनेटमा सेक्वेइराले गोल गरेर अग्रता दिलाए ।

तर कोभासिकले ६५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरि क्रोएसियालाई बराबरीमा ल्याए । तर डियाजले ९० औँ मिनेटमा गोल गरि पोर्चुगललाई जित दिलाए ।

जितपछि समूहको दोस्रो स्थानमा रहेको पोर्चुगलको १३ अंक भयो । यो समूहबाट १६ अंक जोडेको फ्रान्स फाइनलमा पुगेको छ । क्रोएसिया रेलिगेशनबाट जोगियो भने स्वीडेन रेलिगेशनमा परेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?