तेल ट्याङ्करको ठक्करबाट महोत्तरीमा एकजनाको मृत्यु

तेल ट्याङ्करको ठक्करबाट महोत्तरीमा एकजनाको मृत्यु
+
-

जनकपुरधाम – महोत्तरीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।

महोत्तरीको बर्दिबाँस नगरपालिका–१ स्थित सिन्धुली चोकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक राजन चापागाईले जानकारी दिए ।

सिन्धुलीबाट सर्लाही तर्फ जाँदै गरेको घ ९ प ५३२१ नम्बरको मोटरसाईकललाई बुधबार बिहान विराटनगरबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ ख ३९२१ नम्बरको तेल ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको छ ।

दुर्घटनामा मोटरसाईकलको पछाडी सवार सिन्धुलीको दुधौली नगरपालिका–१० तीनपाटनका २६ वर्षीय आशालाल परियार घाइते भएका थिए । उनको उपचारको क्रममा बर्दिबास स्थित अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक शकुसल रहेको तथा ठक्कर दिने तेल ट्याङ्कर र चालक प्रहरी नियन्त्रणमा रहेको बर्दिबास प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?