सुरक्षाकर्मीको आवरणमा मोटरसाइकल यात्रीमाथि लुटपाट, १६ वर्षपछि पक्राउ परेका समूहका सदस्य

सुरक्षाकर्मीको आवरणमा मोटरसाइकल यात्रीमाथि लुटपाट, १६ वर्षपछि पक्राउ परेका समूहका सदस्य
+
-

काठमाडौँ- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लुटपाटको घटनामा संलग्न भएको आरोप लागेका एक व्यक्तिलाई १६ वर्षपछि पक्राउ गरेको छ।

महाशाखाका अनुसार मकवानपुरका जगन्नाथ ढकालसहितका व्यक्तिले जडिबुटीमा एक व्यक्तिलाई नियन्त्रणमा लिएर गाडीमा राखी एकान्त ठाउँमा पुर्‍याएर उनको साथमा रहेको नगद, मोटरसाइकल र मोबाइलसहित ११ लाख ६३ हजार ९ सय रुपैयाँ बराबरको धनमाल लुटेका थिए। महाशाखाले ढकाललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०६१ साल जेठ ७ गते मोटरसाइकलमा बनेपाबाट फर्किरहेका नारायण खनाललाई रोकेर पाँच जनाको समूहले आफुहरु सुरक्षकर्मी रहेको र सोधपुछ गर्नुपर्ने भन्दै नियन्त्रणमा लिएका थिए। खनालले आफ्नो साथमा रहेको १० लाख २५ हजार रुपैयाँसहित मोटरसाइकल र मोबाइल उक्त समूहले लुटेको उजुरी दिएका थिए।

काठमाडौँ जिल्ला अदालतले २०६४ सालमा ढकाललाई ६ वर्ष कैद र एक लाख ९६ हजार ९ सय ५० रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। त्यस घटनामा प्रहरीले ११ जना व्यक्ति घटनामा संलग्न रहेको आरोप लगाएको थियो। लामो समय विदेशमा रहेका ढकाल पछिल्लो समय गृह जिल्ला मकवानपुरस्थित आफ्नै गाउँमा बसिरहेको अवस्थामा पक्राउ गरिएको महाशाखाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?