
काठमाडौँ- बंगलादेशमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायलाई कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार बिहान गरिएको कोरोना संक्रमण परिक्षणमा साँझ उपाध्यायको रिपोर्ट पोजेटिभ आएको अखिल नेपाल फुटबल संघ-एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए।
स्वदेश फर्कनुभन्दा ७२ घण्टाअघि नेपाली टोलीको कोरोना परिक्षण गरिएको थियो। बंगलादेश भ्रमणका क्रममा नेपालले घरेलु टोलीसँग दुईवटा मैत्रिपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा २-० गोलले पराजित भएको नेपाली टोली मंगलबार साँझ भएको दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो।
भ्रमणका क्रममा बंगलादेशमा नेपाली टोलीका एक खेलाडीमा पनि कोरोना संक्रमण देखिएको थियो।