
काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १४४२ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार इलामका ३, झापाका १६, ताप्लेजुङका १, धनकुटाका २, पाँचथरका १, भोजपुरका १, मोरङका २९, संखुवासभाका १, सुनसरीका २, धनुषाका १०, पर्साका १, बाराका ४, महोत्तरीका ६, सप्तरीका ५, सर्लाहीका ९, सिराहाका ६, काठमाडौँका ८२२, काभ्रेका ६, चितवनका १०५, धादिङका ७, नुवाकोटका ७, भक्तपुरका ४८, मकवानपुरका १७, रामेछापका ३, ललितपुरका १६८, सिन्धपाल्चोकका ७, सिन्धुलीका २, कास्कीका ३२, गोरखाका ५, तनहुँका १३, नवलपरासीपुर्वका २३, पर्वतका २, म्याग्दीका ३, लमजुङका २, वागलुङका ५, स्याङजाका १५, अर्घाखाँचीका १, कपिलवस्तुका ५, गुल्मीका १, दाङका १४, नवलपरासीका ५, पाल्पाका ६, प्युठानका ४, बर्दियाका २, बाँकेका ८, रुपन्देहीका १६, रोल्पाका १, कैलालीका ८ तथा दार्चुलाका २ जना संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबीस घन्टामा ६ हजार ७ सय ३१ पीसीआर परीक्षण भएको छ। यसैगरी देशभर ३२६ जनाको आइसीयुमा र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।