कोरोना भाइरसविरुद्धको खोपले डिसेम्बर मध्यसम्ममा स्वीकृति पाउने सम्भावना

कोरोना भाइरसविरुद्धको खोपले डिसेम्बर मध्यसम्ममा स्वीकृति पाउने सम्भावना
+
-

कोरोना भाइरसविरुद्ध प्रभावकारी नतिजा देखाएको फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपलाई युरोपेली तथा अमेरिकी नियामक निकायले मध्य डिसेम्बरसम्म स्वीकृत गर्ने सम्भावना रहेको छ ।

जर्मन उत्पादकका प्रमुख कार्यकारीले बुधबार खोपलाई अमेरिकी तथा युरोपेली निकायले आकश्मिक प्रयोगका लागि मध्य डिसेम्बरसम्ममा स्वीकृति प्रदान गर्ने बताएका हुन् ।

रोयटर्स टिभीसँगको कुराकानीमा खोप निर्माता तथा जर्मन बायोटेक्नोलोजी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी उगुर साहिनले सबै प्रक्रिया सही रुपमा अघि बढेमा अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बताए ।

यस्तै युरोपियन युनियनले पनि केही शर्तसहित खोपको प्रयोगका लागि डिसेम्बरको दोस्रो हप्तासम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।

साहिनले भनेका छन्, ‘हामीलाई प्राप्त हुने आग्रह र त्यसमा रहेका शर्तहरुले स्वीकृतिलाई निर्धारण गर्ने छ ।’

उगुर साहिन

फाइजरको खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको छ । तर बुधबार सार्वजनिक भएको भिन्न उमेर समूहका व्यक्तिमा गरिएको परीक्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको छ ।

सबैभन्दा पहिले स्वीकृति प्राप्त गर्ने खोपको माग विश्वभरबाट उच्च हुने र सुरुका केही महिना सोही खोपको दबदबा कायम रहेने साहिनले बताउका छन् ।

अमेरिकी कम्पनी मोदेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता ९४.५ प्रतिशत देखिएको छ र सो खोप पनि अन्तिम चरणको परीक्षण पूरा गरि स्वीकृति प्राप्त गर्ने प्रक्रियामा छ ।

यस्तै अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्राजेनेकाले विकास गरिरहेको खोप पनि यो वर्षको अन्त्यसम्ममा तयार हुने अपेक्षा छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?