
सिमकोट-स्याउ उत्पादन राम्रो हुने हुम्लामा यसवर्ष साठी प्रतिशतले कमी आएको छ । स्याउ फुल्ने बेला किरा लागेकै कारण स्याउ उत्पादनमा कमी आएको छ।
साढे तीन बोट लगाउनु भएका सिमकोट गाउँपालिका वडा नम्बर ४ का जंग बहादुर शाही मुस्कीलले एक क्वीन्टल स्याउ फलेको बताएपछि हुम्लामा यस वर्ष स्याउ कम फलेको बुझ्न गाह्रो भएन ।
उनको फर्ममा लगाएका अधिकाँस स्याउका बोटहरु खाली देखिदै आएका छन्। स्याउ नफलेपछि सात देखि आठ लाख रुपियाँ शाहीलाई घाटा लागेको छ । फुल फुल्दा राम्रै फुलेको भएपनि दाना लाग्ने बेला किरा लागेपछि स्याउ नफलेको उनको बुझाई छ ।
अर्का गोरासिंह बोहराको फर्ममा लगाएका स्याउका बोट पनि खाली नै रहे । सबै बोट खाली रहेको र स्याउ लागेका बोटमा पनि दई चार दाना मात्र फल्दा मुस्कीलले डेढ क्वीन्टल स्याउ फलेको उनले बताए । बारीमा लगाएका स्याउन नफलेपछि उहाँलाई पनि पाँच लाख रुपियाँ घाटा लागेको छ।
स्याउ फुलेर दाना लाग्ने बेला किरा लागेपछि स्याउ नफलेको कृषि प्राबिधिक नेत्र शाहीको भनाइ छ। यो वर्ष स्याउ नफले पछि स्याउको उत्पादनमा साठी प्रतिशतले कमी आएको प्राबिधिक बताउछन् । कुनै कुनै फर्म बाहेक अधिकाँस फर्ममा स्याउका बोटहरु खाली देखिने गरेका छन्।
स्याउ कम फलेपछि धेरै किसानमा आम्दानीमा समेत कमी आएको छ । फर्ममा स्याउ नफलेपछि सिमकोट बजारमा यस पटक स्याउको समस्या देखिएको छ।
स्याउ किन्नु परे खोजी गर्नु पर्ने अवस्था रहेको छ। हुम्लामा अहिले स्याउको सिजन हो।तर यसवर्ष नफलेपछि प्रतिदाना दश रुपियाँमा स्याउ बिक्री हुने गरेको छ । जब कि गत वर्ष स्याउको मुल्य प्रतिदाना पाँच रुपियाँ थियो।