
काठमाडौँ- कोरोना नेगेटिभ देखिएर विदेश उडेका नेपालीमा गन्तव्यमा पुगेर परीक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले यहाँका परीक्षण गर्ने अस्पतालमाथि छानबिन गर्ने भएको छ।
एयरलाइन्सले कोरोना पोजेटिभ भएका यात्रुलाई बोकेर ल्याएको भन्दै हङकङ र यूएईले नेपाल एयरलाइन्सका उडानमा रोक लगाएको छ। यही कारण संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पत्र काटेर छानबिन गर्न भनेको छ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार सानेपाको स्टार अस्पताल, मण्डिखाटारस्थित ह्याम्स अस्पतालसँगै सुर्या हेल्थ केयर र सेन्ट्रल डाइनोष्टिक ल्याबोरेटरीले कोरोना नेगेटिभ भनेर रिपोर्ट दिएका केही व्यक्तिमा पोजेटिभ देखिएको थियो।