
हिमाल जोशी
मंसिर ५, २०७७

अ
+
अ
अ
-
धनगढी – सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको मृत्यु भएको हो।
कार्तिक २९ गतेबाट भेन्टिलेटरमा राखेर उनको उपचार थालिएको थियो।
उनको शुक्रबार बिहान १० बजेर २५ मिनेटमा अस्पतालमा मृत्यु भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

