कोरोना कहरकैबीच सिमकोट विमानस्थलको कालोपत्रे सम्पन्‍न

कोरोना कहरकैबीच सिमकोट विमानस्थलको कालोपत्रे सम्पन्‍न
+
-

सिमकोट- सिमकोट विमानस्थलको कालोपत्रे गर्ने कार्य कोरोना कहरकै बिच चालीस दिनमै सम्पन्न भएको छ। अलकत्रा लगायत निर्माण सामाग्री र मेशिनको व्‍यवस्था भएपछि कालोपत्रे गर्ने कार्य निर्धारित समय अगाडि नै सम्पन्न गर्न सम्भव भएको हो।

बिमान स्थलको छ सय मिटर लम्वाईलाई चालीस दिन भित्र कालोपत्रे गर्ने कार्य सम्पन्न भएको निर्माण कम्पनी, क्याराभान, गाल्भा जेभीका स्थानीय प्रतिनिधि दान बहादुर रावलले बताए।

कोरोना कहरकाबिच कालोपत्रेका लागि अलकत्रा समयमै नेपालगंजबाट ढुवानी हुन, स्थानीय सामाग्री उपलव्ध हुनु र मेशिनको ब्यबस्था पनि भएपछि काम सम्पन्न गर्न सहज भएको हो।

अर्को कुरा हिउदे समय लागेको भएपनि हिमपात नहुँदा समयमै काम गर्न सहज भएको रावलले बताए । तराईका कामदारले बिहान ११ बजेदेखि बेलुका सात आठ बजेसम्म लगातार काम गरेको कारण पनि काम समयमै सकिएको हो।

विमान स्थल कालो पत्रे अबधिभर उडान पनि बन्द भएन । यस अघि बिमान स्थल कालोपत्रे गर्न उडान कार्य बन्द गर्नु परेको थियो। तर यस पटक कलाकत्रा चाँडै सेट हुने भएपनि उडान बन्द गर्नु नपरेको हो।

बिमान ११ वजेसम्म दश देखि बाह्र फ्लाईट नियमित उडान कार्य भइरहेको थियो । निर्माण कम्पनीलाई ताकेता गरेर निर्माण सामाग्रीको ब्यबस्था गर्न लगाएकै कारण छोटो अबधीमा काम सम्पन्न गर्न सफल भएको आयोजनामा सहायक इन्चार्ज अजय गुप्ताले बताए।

विमान स्थलको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको अब पार्किङ्ग स्थल एप्रोनको काम गर्न बाँकी रहेको छ। मौसमले साथ दिए उक्त कार्य पनि मंङ्सिर महिनाभित्रै काम सक्ने तयारी भई रहेको निर्माण कम्पनीले जनाएको छ । सबै कालो पत्रे गर्नका लागि नौ करोड बजेट बिनियोजित भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?