वीरगञ्जको शहरी क्षेत्र बाहेक सबै ठाउँमा घाटमै छठ पूजा

वीरगञ्जको शहरी क्षेत्र बाहेक सबै ठाउँमा घाटमै छठ पूजा
+
-

वीरगञ्ज – तराई मधेसको सबै भन्दा ठूलो आस्थाको पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ।

शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ विधिवत रुपमा सम्पन्न भएको हो।

चार दिनसम्म मनाइँने छठ पर्वको तेस्रो दिन शुक्रबार साँझ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए।

पर्वकाे दोेस्रो दिन बिहीबार ब्रतालुहरुले खरना गरि मनाएका थिए। छठ पर्वको पहिलो दिन भने ब्रत बस्ने ब्रतालुहरु नुहार खाना खाएका थिए । जसलाई तराई मधेसमा नहाए खाए भनिन्छ।

पर्सामा यस वर्ष पनि नजिकैको नदी तलाउमा सजाइएको छठ घाटमै गएर ब्रतालुहरुले अर्घ्य दिएर पर्व मनाएका छन्।

तर, पर्साको सदरमुकाम वीरगञ्जका केही स्थानहरुमा भने छठ घाट नसजाइएकोले घरमै ब्रतालुहरुले पर्व मनाएका छन्।

कोरोना महामारीलाइ मध्यनजर गर्दै स्थानीय प्रशासनको आग्रहमा वीरगञ्ज महानगरपालिकाका शहरी क्षेत्रहरुमा घरघरमै यस वर्ष छठ पूजा गरिएको हो।

महानगरपालिकाको घडिअर्वा,नगवा,मुर्ली लगायतका बढी भिडभाड हुने क्षेत्रमा भने यस वर्ष छटघाट सजाइएको थिएन।

ती स्थानका ब्रतालुहरुले घरमै छठ पूजा गरेका छन्। महानगरपालिकाका ग्रामिण क्षेत्रहरुमा भने छठघाट सजाएर घाटमै गएर पूजा गरिएको थियो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष