लागुऔषध प्रकरणमा भारती सिंह एनसीबीको नियन्त्रणमा, सोधपुछ हुँदै

लागुऔषध प्रकरणमा भारती सिंह एनसीबीको नियन्त्रणमा, सोधपुछ हुँदै
+
-

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ। एनसीबीले दुबैजनालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शनिबार एनसीबीले भारतीको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा उनको घरमा गाँजासमेत भेटिएको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीका श्रीमान् हर्षलाई एनसीबीले आफ्नै गाडीमा राखेर सोधपुछका लागि लगेको थियो। भारती भने पछि आफ्नै गाडीमा गएकी थिइन्।

भारतीले आफूलाई केवल सोधपुछको लागि बोलाइएको प्रतिक्रिया दिएकी छन्। भारती र हर्षमाथि लागुऔषध सेवन गर्ने गरेको आरोप छ।

सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा ड्रग्स कनेक्सन देखिएपछि एनसीबीले अनुसन्धानलाई तीव्रता दिएको थियो। अनुसन्धानका क्रममा भारती र उनका श्रीमान् हर्षको नाम सार्वजनिक भएपछि एनसीबीले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि एनसीबीले लागुऔषध प्रकरणमा बलिउड अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर, रकूलप्रीत सिंह र सारा अलि खानसँग सोधपुछ गरिसकेको छ।

केही दिनअघि मात्रै एनसीबीले बलिउड अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथ सोधपुछसमेत गरेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष