
राफायल नाडाल र नोभाक जोकोविच एटिपी फाइनल्सको सेमिफाइनलबाटै बाहिरिएका छन्।
२४ वर्षे रुसी खेलाडी डानिल मेडभेडेभले स्पेनिस नाडाललाई पराजित गरेर फाइनलमा स्थान बनाएका हुन् । उनी सुरुमा पछि परेर पनि शानदार पुनरागमन गरि नाडाललाई पराजित गरेका हुन् ।
नाडालमाथि मेडभेडेभले ३–६, ७–६ (७–४) र ६–३ को सेटको जित दर्ता गरेका हुन्।
मेडभेडेभले उपाधिका लागि तेस्रो बरियताका डोमिनिक थिएमसँग प्रतिस्पर्धा गर्ने छन्।
यसअघि थिएमले विश्व नम्बर एक नोभाक जोकोविचलाई ७–५, ६–७ (१०–१२) र ७–६ (७–५) को सेटमा पराजित गरेका हुन् ।
फाइनल पुगेका दुवै खेलाडीले अहिलेसम्म सिजनको अन्तिम एटिपी फाइनल्सको उपाधि अहिलेसम्म जितेका छैनन् । फाइनल खेल आइतबार हुनेछ ।