दुई जना कोरोना संक्रमितको मृत्यु

दुई जना कोरोना संक्रमितको मृत्यु
+
-

नेपालगञ्ज – बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराउन आएका दाङका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, घोराही उपमहानगरपालिका वडा नं. ९, वनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नं. ९, बेलुवाका ६८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको छ ।

केही समयदेखि उच्च रक्तचापको समस्या रहेका घोराहीका ६७ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या आएपछि कात्तिक २५ गते राप्ती स्वास्थ्य विज्ञान, प्रतिष्ठानमा स्वाव जाँच गरिएको थियो ।

भोलिपल्ट कोरोना पुष्टि भयो । त्यसपछि उनलाई कोहलपुर मेडिकल कलेजमा उपचार गराउन ल्याइएको थियो । उनको रातस ११.५० बजे मृत्यु भएको छ ।

तुलसीपुरका ६८ वर्षीय पुरुष स्वास्थ्यमा समस्या आएपछि मंसीर ४ गते कोहलपुरमा उपचार गराउन आएका थिए । उनलाई कोरोना पुष्टि भएपछि त्यही उपचार भइरहेको थियो ।

राती १.४० बजे उनकाे मृत्यु भएको छ । उनलाई केही समयदेखि मधुमेहको समस्या थियो । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष