हुम्लामा यसवर्ष झण्डै ३० करोड रुपैयाँको जडिबुटी संकलन

हुम्लामा यसवर्ष झण्डै ३० करोड रुपैयाँको जडिबुटी संकलन
+
-

सिमकोट– हुम्लामा यस वर्ष झण्डै ३० करोड रुपैयाँभन्दा बढीको जडिबुटी संकलन भएको छ।

हुम्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनबाट ३० करोड रुपैयाँ बराबरको जडिबुटी संकलन भएको जडिबुटी व्यवसायी संघका अध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिए।

संकलित जडिबुटी छुटपूर्जीको पर्खाइमा रहेको र त्यसपछि निकासी हुने भण्डारीले बताए। संकलित जडिबुटीमध्ये ३ हजार ८ सय क्वीन्टल जटामसी विमानस्थल आइपुगेको उनले जानकारी दिए।

उनका अनुसार हाल एक क्वीन्टल जटामासीको मूल्य ५५ हजार रुपैयाँ छ। यसरी हेर्दा यसवर्ष २० करोड ९० लाख मूल्यको बराबर जटामसी मात्रै निकासी हुने देखिन्छ। गत वर्ष दुई हजार क्वीन्टल जटामसी हुम्लाबाट निकासी भएको थियो।

यस्तै डिभिजन वन कार्यालयका प्रमुख निरज झाले पाँच सय क्वीन्टल कुट्की र पाँच सय क्वीन्टल सेताक चिनी पनि निकासीको तयारीमा रहेका जानकारी दिए।

सबै जडिबुटी गरी जिल्लाबाट तीस करोड मूल्य बराबरको जडिबुटी निकासी हुने जडिबुटी व्यवसायीले बताउँदै आएका छन्। जडिबुटी हुम्लाका स्थानीयको लागि आम्दानीको मुख्य स्रोत हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?