लेस्टर सिटीलाई स्तब्ध पारेर लिभरपुलले दियो टोटनह्यामलाई टक्कर

लेस्टर सिटीलाई स्तब्ध पारेर लिभरपुलले दियो टोटनह्यामलाई टक्कर
+
-

शीर्ष स्थानको होडमा रहेको लेस्टर सिटीलाई पराजित गरेर लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० ले पराजित गरेको हो ।

लिभरपुलका लागि डिओगो जोटा र रोबर्टो फिरमिनोले गोल गरे । लेस्टर सिटीका जोनी इभान्सले २१ औँ मिनेटमा आत्मघाती गोल गरि लिभरपुललाई सुरुवाति अग्रता दिलाए ।

जोटाले ४१ औँ मिनेटमा गोल गरेपछि अग्रता दोब्बर भयो । फिरमिनोले ५६ औँ मिनेटमा गोल गरेर टिमलाई ३–० को शानदार जित दिलाएका हुन् ।

जितपछि दोस्रो स्थानमा पुगेको लिभरपुलले शीर्ष स्थानको टोटनह्यामसँग अंक बराबरी गरेको छ । दुवै टिमको ९ खेलबाट २० अंक भएको छ । लेस्टर सिटी १८ अंकसहित चौथो स्थानमा छ ।

आइतबार राति भएका अरु खेलमा आर्सनल लीड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकियो । यस्तै एभर्टनले फुलह्यामलाई ३–२ तथा वेस्ट ह्यामले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष