काेराेना भाइरसविरुद्धकाे खाेप

खोपको भागदौडमा गरिब तथा जोखिमपूर्ण देशलाई कुल्चिन हुँदैनः डब्लुएचओ

खोपको भागदौडमा गरिब तथा जोखिमपूर्ण देशलाई कुल्चिन हुँदैनः डब्लुएचओ
+
-

कोरोना भाइरस विरुद्धको खोपका लागि भइरको ‘भागदौड’ मा विश्वका गरिब तथा बढि जोखिमपूर्ण देशहरुलाई ‘कुल्चिन’ नहुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रभावकारी ठहरिने खोपको वितरण विश्वभर समान रुपमा हुनु पर्ने बताएका छन् ।

विश्वका सबै क्षेत्रमा खोपको पहुँच पुगोस् भन्नका लागि चार अबै ३० करोड अमेरिकी डलर बराबरको सहयोग चाहिने डा. टेडरोजले बताएका छन् ।

उनले भनेका छन्, ‘प्रश्न, विश्वले खोप समान रुपमा बाँडेर सबैको पहुँचमा पु¥याउन सक्छ कि सक्दैन भन्ने होइन, विश्वले खोपको पहुँच सबैमा नपुग्दाको परिणाम भोग्न सक्छ भन्ने हो ।’

कोरोना भाइरसविरुद्धका चार खोपको अन्तिम अर्थात तेस्रो चरणको मानवीय परीक्षणको नतिजा आएको छ ।

पछिल्लो पटक अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप प्रभावकारी रहेको देखिएको छ । यो खोप उत्पादनका लागि फाइजर र मोर्देनाको खोप भन्दा कम पैसा लाग्ने र भण्डारणका लागि पनि सहज हुने देखिएको छ ।

अक्सफोर्डले विकास गरेको खोपको प्रभावकारिता ९० प्रतिशतसम्म हुने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । यो खोप भण्डारण गर्न तथा ढुवानीका लागि फाइजर–बायोएनटेक र मोर्देनाको खोप भन्दा सहज छ । सो खोप विकसित देशहरुमा अति सुलभ मूल्यमा पु¥याउन सकिने देखिएको छ ।

रुसमा बनाइएको स्पुटिन्क भी नामक खोपको तेस्रो चरणको परीक्षणमा राम्रो प्रभाव देखिएको छ ।

सोमबार भर्च्युअल पत्रकार सम्मेलनमा डा. टेडरोजले खोपहरुको सकारात्मक नतिजाले महामारीको लामो र अँध्यारो सुरुङ्गको अन्त्य तथा थप स्पष्ट उज्यालो देखिएको बताए ।

उनले भनेका छन्, ‘वैज्ञानिकहरुले गरेको यो प्राप्तीलाई कुनै पनि हालतमा कम आँक्न सकिँदैन । इतिहासमा कुनै पनि खोप यति चाँडो विकास भएको थिएन ।’

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोस। तस्बिर : राेयटर्स

डा. टेडरोजले भने, ‘खोपसँगै स्वास्थ्य सम्बन्धी अरु प्रमाणित उपायहरुले यो महामारी अन्त्य गर्न सहयोग गर्ने छ ।’

डा. टेडरोजले भने, ‘सबै सरकारले आफ्ना नागरिको रक्षाका लागि सक्दो सम्पूर्ण प्रयास गर्ने छन् । तर धनी देशहरुले सफल खोपको सम्पूर्ण उत्पादन किनेर वा आफूलाई राखेर गरिब देशहरुलाई खाली हात बनाउन हुँदैन ।’

कोरोना भाइरसको महामारी विरुद्धको अभियान विश्वले संयुक्त रुपमा गर्नु पर्ने छ।

कोरोना भाइरसविरुद्धको खोप समान रुपमा बाँड्नका लागि डब्लुएचओले कोभ्याक्स नामक अभियान घोषणा गरेको छ । सो अभियानमा अहिलेसम्म १८७ देशले हस्ताक्षर गरेको डब्लुएचओले जनाएको छ ।

कोभ्याक्स अभियानले सन् २०२१ को अन्त्यसम्ममा विश्वभर खोपका दुई अर्ब डोज ढुवानी गर्ने लक्ष्य लिएको छ । तर त्यसका लागि कोष जुटाउन भने कठिन भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?