सशस्त्र प्रहरी बलका ३३ वर्षे प्रहरी निरीक्षक नविन बुढाथोकीको कोभिड–१९ ले लियो ज्यान

सशस्त्र प्रहरी बलका ३३ वर्षे प्रहरी निरीक्षक नविन बुढाथोकीको कोभिड–१९ ले लियो ज्यान
+
-

विराटनगर – मोरङको बूढीगंगा गाउँपालिकास्थित सशस्त्र प्रहरी बलको नम्बर ३ गण हेडक्वाटर कंकालिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

बुढीगंगास्थित विराट शिक्षण अस्पतालका अनुसार ३३ वर्षीय प्रहरी निरीक्षक नविन बुढाथोकीको सोमबार राति ११ बजेर २२ मिनेटमा मृत्यु भएको हो। अस्पतालको आइसोलेशनका इन्चार्ज सुनिल देवका अनुसार कोरोना संक्रमणले अवस्था गम्भीर बन्दै गएपछि पछिल्लो समय बुढाथोकीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

तेह्रथुम म्याङ्गलुङ घर भएका बुढाथोकी गएको भदौदेखि मोरङमा कार्यरत थिए। ब्याडमिन्ट खेल्ने क्रममा श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा २७ गते रिपोर्ट पोजिटिभ आएको आइसोलेशन प्रमुख देवले जानकारी दिए ।

उपचार गराइरहँदा स्वास्थ्यमा समस्या थपिँदै गएपछि सुरुमा आईसीयू र त्यसपछि भेन्टिलेटरमा सारिएको थियो । उपचारका क्रममा बुढाथोकीको दुईपटक प्लाज्मा थेरापी गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार यसक्रममा उनमा रेम्डेसिभिर औषधिको १० डोज चलाइएको थियो। टाइफाइडको पुरानै समस्या रहेका बुढाथोकीले त्यसको औषधि पनि नियमित सेवन गरिरहेका थिए ।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले बुढाथोकीको निधनले सिंगो संगठनलाई क्षति पुगेको बताएका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष