इरानका वरिष्ठ परमाणु वैज्ञानिकको हत्या

इरानका वरिष्ठ परमाणु वैज्ञानिकको हत्या
+
-

इरानका वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएको छ । राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिादेहको हत्या भएको रक्षा मन्त्रालयले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

इरानका विदेश मन्त्री मोहम्मद जावाद जारिफले हत्याको निन्दा गरेका छन् । उनले घटनालाई आतंकवादको शंज्ञा दिएका छन् ।

पश्चिमा गुप्तचरहरुले इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक रहेको ठानिएका वरिष्ठ वैज्ञानिकको हत्या भएको हो । उनलाई इरानी बमको पिताका रुपमा चिनिने सन् २०१४ मा एक पश्चिमा कूटनीतिज्ञले समाचार संस्था रोयटर्ससँग बताएका थिए ।

यसअघि सन् २०१० र २०१२ को बिचमा चार इरानी परमाणु वैज्ञानिकको हत्या भएको थियो ।

इरानले आफ्नो परमाणु कार्यक्रम विशुद्ध रुपमा शान्तिपूर्ण प्रयोजनका लागि रहेको दाबी गर्दै आएको छ ।

तर शीर्ष वैज्ञानिकको हत्याको खबर इरानले युरेनियमको उत्पादन तीव्र रुपमा बिस्तार गरिरहेका बेला आएकाले चासो बढाएको छ । परमाणु हतियार उत्पादनका लागि महत्वपूर्ण रहेको युरेनियमको उत्दान इरानले बढाउँदा त्यसलाई लिएर गम्भीर चिन्ता छ ।

सन् २०१५ मा भएको परमाणु सम्झौताबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा अमेरिकालाई बाहिर निकाले पछि इरानले पनि आफू त्यसका सीमाहरुमा बाध्य नुहेन बताउँदै उत्पादन बढाइरहेको छ ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफूले सत्ता सम्हालेपछि पुनः इरानसँग वार्ता गर्ने बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?