रोकियो युभेन्टस, झर्‍यो पाँचौँ स्थानमा

रोकियो युभेन्टस, झर्‍यो पाँचौँ स्थानमा
+
-

साबिक विजेता युभेन्टस इटालियन सिरी ए फुटबलको पाँचौँ स्थानमा झरेको छ । सिजनका ९ खेल सकिँदा उ शीर्ष चारबाट तल पुगेको हो ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा बेनेवेन्तोले युभेन्टसलाई १–१ को बराबरीमा रोकेको हो ।

अवे मैदानमा भएको खेलमा २१ औँ मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लियो । तर उसले सो अग्रता जोगाउन सकेन ।

बेनेवेन्तोका लागि पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा लेटिजियाले गोल गरे । पहिलो हाफमा गोल गरेका मोराटा इन्जुरी समयको सातौँ अर्थात ९७ औँ मिनेटमा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

९ खेलबाट १७ अंक भएको युभेन्टस पाँचौँ स्थानमा आएको छ । रोमा १७ अंकसहित चौथो स्थानमा छ । तेस्रो स्थानको सासुओलोको १८ अंक छ । सासुओलोलाई ३–० ले पराजित गरेको इन्टर मिलान १८ अंक नै भए पनि दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको एसी मिलानको २० अंक रहेको छ ।

शनिबार राति भएको अर्को खेलमा हेलास वेरोनाले एट्लान्टालाई २–० ले पराजित गरेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष