
काठमाडौँ– सुनको मूल्य आज (आइतबार) प्रतितोला ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन आज प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी आज प्रतितोला एक हजार १५० रुपैयाँमा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारका तुलनामा आइतबार चाँदी प्रतितोला रु १५ ले घटेको हो ।