ताक्लाकोटका नेपाली कामदार फिर्ता नआउने

ताक्लाकोटका नेपाली कामदार फिर्ता नआउने
+
-

सिमकोट-गत वर्षबाटै चीनको ताक्लाकोटमा काम गर्दै आएका हुम्ला बासी यसवर्ष पनि जिल्लामा नफर्कने भएका छन्। कोरोना जोखिम नभएको र कामको पारिश्रमिक राम्रो पाउने भएको ताक्लाकोटमा रहदै आएका कामदार नफर्कने भएका हुन।

डेढ वर्ष अगाडी चीनको ताक्लाकोटमा काम तथा व्‍यापारको सिलसिलामा गएर उतै रोकिनु भएका श्रमिक यस वर्ष पनि नर्फकने कैलाश व्यापार संघका उपाध्यक्ष र हाल ताक्लाकोटमै रहदै आउकी लामु लामाले बताइन्।

कोरोना त्रास नहुनु, कमाई राम्रो हुने भएपछि हुम्लाका सबै कामदार र ब्यापारी फिर्ता नआउने उनले बताए। २०७६ सालको जेठ असारमा ताक्लाकोट  गएका ती कामदार पहिला हिमपातले नारा लेकको बाटो बन्द हुदा र पछि कोरोना कहरले दुई देशको सिमा बन्द भएपछि नेपाल आउन पाएका थिए।

उनले यस वर्ष नेपाल फिर्ता जान चीनले अनुमति दिने संकेत गरेपछि कामदार तथा व्‍यापारी कमाई राम्रो हुने देखिएपछि फिर्ता जाने मनस्थितीमा नरहेको उनले बताइन्। हाल ताक्लाकोटमा १४८ जना कामदार तथा ब्यापारीहरुले काम गर्दै आएका छन्।

ताक्लाकोटमा ब्यापारीहरुले फुरुको ब्यापार गर्दै आएका छन् भने कामदारहरुले बिकास निर्माण र होटेल क्षेत्रमा काम गर्दै आएका छन्। ताक्लाकोटमा काम गर्दै आएको कामदारले एक दिनमा दुई हजार पाँच सय देखि चार हजार पाँच सयसम्म कमाई गर्ने गरेको उपाध्यक्ष लामाले बताइन्।

हुम्लाका बेरोजगार युवा युवतीले नजिकको कााम पाउने स्थान ताक्लाकोट भएको हुदा वर्षमा दुई हजारदेखि दुई जहार पाँच सयसम्म काम गर्ने जाने गर्थे तर यस वर्ष कोरोनाको कारण हुम्लाबाट कुनै पनि कामदारले ताक्लाकोटमा जान पाएनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?