
मोरङ- प्रदेश १ मा गएको २४ घण्टामा कोरोना भाइरसका १ सय ७७ जना नयाँ संक्रमित थपिएका छन्।
विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ८ सय ७१ जनाको पिसिआर परिक्षण गरिएकोमा ७४ महिला र १ सय ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
यसक्रममा मोरंगमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा समान ३, पाँचथर र ताप्लेजुङमा समान २ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको हो।
मोरङको विराटनगर महानगरपालिकामा ५३, सुन्दरहरैचा नगरपालिकामा ४, बेलबारी नगरपालिकामा ३, कटहरी गाँउपालिका र पथरीशनिश्चर नगरपालिकोमा समान २, रतुवामाई नगरपालिकासंगै ग्रामथान, बुढीगंगा गाँउपालिका र स्थानीय तह नखुलेकामा समान १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।
त्यसैगरि, झापाको झापा गाउँपालिकामा १४, दमक नगरपालिकामा ९, अर्जुनधारा नगरपालिकामा ६, विर्तामोड भद्रपुर नगरपालिकासंगै हल्दिबारी गाँउपालिकामा समान २, गौरीगञ्ज, कनकाई र गौरादह नगरपालिकामा समान १ जनामा संक्रमण देखिएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिकामा १०, इनरुवा नगरपालिकामा ३, बराहक्षेत्र नगरपालिका र देवानगञ्ज गाँउपालिकामा समान २, हरिनगर गाँउपालिका र दुहवी नगरपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
पहाडी क्षेत्र अन्र्तगत इलामको इलाम नगरपालिकामा २०, देउमाई नगरपालिकामा १, संखुवासभाको खाँदबारी नगरपालिकामा ४, पाँचखपन, चैनपुर नगरपालिकासंगै, चिचिला र मकालु गाँउपालिकामा समान १, सोलुखुम्वुको थुलुङ दुधकोशी गाँउपालिकामा ३, उदयपुरको त्रियुगा नगरपालिकामा २, चौदण्डीगढी नगरपालिकामा १, पाँचथरको फिदिम नगरपालिका र स्थानीय तह नखुलेकामा समान १, ताप्लेजुङको फुङलिङ गाँउपालिकामा २ र र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
अर्कोतर्फ, प्रदेशभर पछिल्लो २४ घण्टामा ४ सय २१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। प्रदेशभरका विभिन्न होमआईसोलेसनबाट ३ सय ८६, विराटनगरस्थित न्युरो अस्पतालबाट २७, बुढीगंगा गाँउपालिकास्थित विराट मेडिकल कलेजबाट ७ र झापाको मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका हुन्। यो संगै हालसम्म प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २२ हजार १ सय ८३ पुगेको छ।
त्यसैगरि, आइतबार प्रदेशमा २ महिला र २ पुरुष गरि कुल ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म ३ सय ७२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ । जसमा १ सय १७ महिला र २ सय ५५ जना पुरुष रहेका छन्।