बार्सिलोनाले जित्यो, मेस्सीले दिए म्याराडोनालाई ‘ट्रिब्यूट’

बार्सिलोनाले जित्यो, मेस्सीले दिए म्याराडोनालाई ‘ट्रिब्यूट’
+
-

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० ले पराजित गरेको हो ।

यो खेलमा मार्टिन ब्रेथवेट, एन्टोनी ग्रिजम्यान, फिलिप कोन्टिन्हो र लियोनल मेस्सीले गोल गरे । पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

ब्रेथवेटले २९ औँ तथा ग्रिजम्यानले ४२ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै कोन्टिन्होले ५७ औँ तथा मेस्सीले ७३ औँ मिनेटमा गोल गरे ।

गोल गरेपछि मेस्सीले अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाप्रति सम्मान प्रकट गरे ।

३३ वर्षे मेस्सीले गोल गरेपछि बार्सिलोनाको आफ्नो जर्सी भित्र लगाएको म्याराडोनाको पूर्व क्लब न्यूवेल्स वल्ड बोइजको जर्सी सार्वजनिक गरे । उनले दुवै हात आकाशतिर उठाएर सम्मान प्रकट गरे ।

जितपछि बार्सिलोना ९ खेलबाट १४ अंकसहित सातौँ स्थानमा रहेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष