
स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको रियल सोसिडाडले अग्रता फराकिलो पार्ने मौका गुमाएको छ ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल सोसिडाड भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको हो ।
बराबरीपछि उसको ११ खेलबाट २४ अंक भएको छ । उ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा मात्रै एक तथा तेस्रो स्थानको भिल्लारियल भन्दा चार अंकले अघि रहेको छ ।
अरु खेलमा सेल्टा डी भिगोले ग्रानाडालाई ३–१ ले पराजित गर्दा गेटाफे र एथ्लेटिको बिल्बाओले १–१ को बराबरी गरेका छन् ।