
विराटनगर – इलामकी एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ।
विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा उपचाररत देउमाई नगरपालिकाकी ५५ वर्षीया महिलाको मृत्यु भएको हो। अस्पतालका कोभिड १९ फोकलपर्सन सुरेश आचार्यका अनुसार महिलाको सोमबार बिहान करिब ८ बजे मृत्यु भएको हो।
कोरोना संक्रमण पुष्टि भएसँगै उपचारका लागि मंसिर ९ गते अस्पतालमा भर्ना भएकी महिलामा सुरुबाटै श्वासप्रश्वास, ज्वरो र खोकीको समस्या रहेको थियो । अस्पताल भर्ना गर्दाबाट नै महिलाको स्वास्थ्य अवस्था जटिल रहेको आचार्यले जानकारी दिए।