कञ्‍चनपुरमा नक्कली नोट बनाउने एक दम्पती पक्राउ

कञ्‍चनपुरमा नक्कली नोट बनाउने एक दम्पती पक्राउ
+
-

धनगढी-जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा नक्कली नेपाली नोट बनाउने एक दम्पतीलाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजारको २ नम्बर गल्लीमा रहेको सानु धामीको पसलमा प्रहरीले छापा मार्दा नक्कली नोट बनाउने रितिका बम र उनका श्रीमान अनुज शर्मालाई नक्कली नोट सहित पक्राउ गरेको हो।

पक्राउपछि प्रहरी टोलीले ती दम्पती बस्ने डेरामा खानतलासी गर्दा १ हजार दरका २ वटा नक्कली नोट सहित ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसीन १ थान, कैची थान २ थान, किबोर्ड २ थान, माउस १ थान, विभन्न बैंकहरुको चेकबुक ३ थान, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई आइतबार नक्कली नोट सहित पक्राउ परेका युवकले दिएको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष