
मोरङ-कोरोना भाइरस कोभिड १९ का २ सय २६ जना नयाँ संक्रमित प्रदेश एकमा थप भएका छन् ।
विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार १ हजार ५३ जनामा गरिएको पिसिआर नमुना परिक्षणका क्रममा २ सय २६ मा संक्रमण पुष्टि भएको हो। जसमा ९० जना महिला र १ सय ३६ जना पुरुष रहेकाछन।
मन्त्रालयका अनुसार मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा समान ५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा समान १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको हो।
प्रदेश राजधानी विराटनगर महानगरपालिकामा ४९ जनासहित मोरंगको बुढीगंगा गाँउपालिकामा ६, पथरीशनिश्चरे नगरपालिकामा ४, उर्लाबारी र बेलबारी नगरपालिकामा समान ३, सुन्दरहरैचा नगरपालिका र कानेपोखरी गाँउपालिकामा समान २, ग्रामथान गाँउपालिकासंगै रंगेली र लेटाङ नगरपालिकामा समान १ र स्थानीय तह नखुलेकामा ४ जनामा संक्रमण पुष्टि भएको छ।
सुनसरीको धरान उपमहानगरपालिकामा १७, इटहरी उपमहानगरपालिकामा १६, इनरुवा र बराहक्षेत्र नगरपालिकामा समान ४, कोशी गाउँपालिकामा २, दुहवी, रामधुनी नगरपालिकासंगै बर्जु, गढी गाँउपालिका र स्थानीय तह नखुलेकामा समान १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।
झापाको भद्रपुर नगरपालिकामा १०, विर्तामोड नगरपालिकामा ९, कनकाई नगरपालिकामा ७, शिवसताक्षी नगरपालिकामा ४, दमक नगरपालिका र बुद्धशान्ति गाँउपालिकामा समान ३, मेचीनगर, अर्जुनधारा, गौरादह नगरपालिका र झापा गाउँपालिकामा समान २, र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
त्यसैगरि, पहाडी क्षेत्रतर्फ, ताप्लेजुङको फुङलिङ गाँउपालिकामा १३, पाथीभरा याङवरक गाँउपालिकामा ८, उदयपुरको चौदण्डीगढी नगरपालिकामा ५, त्रियुगा नगरपालिकामा २, कटारी नगरपालिका र स्थानीय तह नखुलेकामा समान १, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, देउमाई नगरपालिकासंगै र मांसेबुङ गाँउपालिकामा समान १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।
धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा समान २, शहिदभूमी गाँउपालिकामा १, संखुवासभामा १, ते¥हथुमको म्याङलुङ नगरपालिकामा १, भोजपुरमा भोजपुर नगरपालिका १, पाँचथरको फिदिम नगरपालिकामा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ६२ पुगेको छ।
अर्कोतर्फ, प्रदेशमा सोमबार १ सय २ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएकोछ। प्रदेशका विभिन्नस्थानका होमआईसोलेसनबाट १ सय र विराटनगरको न्युरो अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन्। यससंगै हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार २ सय ८५ पुगेको छ।
त्यसैगरि सोमबार १ महिला र ३ पुरुष गरि कुल ४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।