
सिमकोट-हिमाली जिल्ला हुम्लाबाट संकलन भएर जम्मा भएको जडिबुटी निकासी सुरु भएको छ । केही समय अगाडी संकलन भएर बिमान स्थलमा जम्मा भएको जडिबुटी दरपिट भएर छुटपुर्जी पाएपछि निकासी सुरु भएको छ।
डिभिजन बन कार्यालयले पहिले नै संकलन भएर जम्मा भएको जडिबुटी निकासी सुरु भएको जनाएको छ । जम्मा भएको जडिबुटीको दरपिट कार्यालयले गरेपछि संकलन पुर्जी भने बिभागले गरेको थियो । सबै प्रकृया पुरा भएपछि जडिबुटीमा जटामासी निकासी सुरु भएको हो।
छुटपुर्जी बिना रोकिएको जडिबुटी निकासी सुरु भएपछि ब्यापारी खुसी भएको जडिबुटी संघका अध्यक्ष राम बहादुर भण्डारीले बताए । संकलन भएको जडिबुटी नेपालगंज निकासी हुन नसकेकोमा ब्यापारी चिन्तीत थिए । तर अब निकासीको बाटो खुलेपछि सिमकोट विमानस्थलमा स्टोर भएको जडिबुटी बाहिर जान पाउने छ।
यस वर्ष हुम्लामामा हालसम्म कै सबै भन्दा बढी जटामासी संकलन भएको छ। जडिबुटी संकलन यसअघि बाताबरणीय प्रभाव मुल्याङ्कन हुदा यति ठुलो परिमाणमा जटामासी संकलन गर्न संभव भएको हो । एक जना ब्यापारीले पाँच सय क्वीन्टलसम्म जडिबुटी खरिद गरेका छन्। यो हालसम्मकै सबै भन्दा बढी जटामासी संकलन भएको हो।
संकलन भएको जडिबुटी मध्य अधिााकस सदरमुकाम सिमकोट आइपुगेको छ । सिमकोट बिमान स्थल क्षेत्रमा जताततै जडिबुटी मात्र देखिने गरेको छ । हाल सदरमुकाम सिमकोटमा आई पुगेको जडिबुटी अधिकाँस खार्पुनाथ गाउँपालिकाको छाचौरबाट आएको छ।
यसवर्ष बिभागबाट ३४० टन अर्थात तीन हजार चार सय क्वीन्टल जटामासी संकलनको पुर्जी व्यापारीलाई दिएको डिभिजन बन कार्यालयले जनाएको छ। जब कि गर्तवर्ष पहिलेबाटै रोकिदै आएको उक्त जटिबुटी सहित दुई हजार पाँच सय क्वीन्टल संकलन भई निकासी भएको थियो।
संकलन हुने क्षेत्रमा ब्यापारीले प्रतिकेजी चार सय पचास रुपियाँसम्म मुल्य तिर्नु भएको छ भने दुरी हेरी सदरमुकाम सिमकोटसम्म ढुवानी दर प्रतिकेजी एक सय चालीस रुपियाँसम्म परेको ब्यापारीले बताउनु भएको छ । जडिबुटी संकलनको परिमाण बृद्धि भएपछि हुम्लाबासीको आम्दानीमा पनि वृद्धि भएको छ।