अब ट्राफिक लाइटको बेवास्ता गर्नेले पनि अनलाइन कक्षामा बस्‍नु पर्ने

अब ट्राफिक लाइटको बेवास्ता गर्नेले पनि अनलाइन कक्षामा बस्‍नु पर्ने
+
-

काठमाडौँ- महानगरीय ट्राफिक महाशाखाले अबदेखि ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिने भएको छ।

कोरोना भाइरसका कारण महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत् निरन्तरता दिने भएको महाशाखाले जनाएको छ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कोठामा उपस्थित गराएर कक्षा सञ्चालन गर्दा जोखिम झन् बढ्न सक्ने भएकाले भर्चुअल क्लासको व्यवस्था गरिएको हो ।

उनले भने, ‘ ‘रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुन्छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पूर्ण पालना गराउन कारबाहीका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरिएको हो।’

लामो समयदेखि बग्गीखानामा लिँदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो।

यसका साथै मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासनको पालना नगर्ने र ट्राफिक लाइटको बेवास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुलाई अनलाइन सचेतना कक्षा लिनुपर्ने महाशाखाले जनाएको छ।

सचेतना कक्षा सम्बन्धी दैनिक तालिका तथा कक्षाको लिङ्क समेत महाशाखाको अफिसियल फेसबुक पेजमा प्रकाशित गरिने छ। ट्राफिक कारबाहीमा परी सचेतना कक्षामा अनिवार्य समावेश हुनुपर्ने चालकहरुले सोही फेसबुक पेजको लिङ्क मार्फत निर्धारित समयभन्दा अगावै समावेश हुनुपर्ने छ ।

एक घण्टाको सचेतना कक्षामा समावेश हुन सम्बन्धित चालकले ट्राफिक प्रहरीले दिएको चिटको नम्बर प्रयोग गरी रजिष्ट्रेसन गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

हाल उपत्यकाको २५ स्थानमा ट्राफिक लाईटको माध्यमबाट चोकहरुको व्यवस्थापन हुँदै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?