सुदूरपश्चिममा कोरोना संक्रमित बढ्दै, मंगलबार एकैदिन थपिए १४३ जना संक्रमित

सुदूरपश्चिममा कोरोना संक्रमित बढ्दै, मंगलबार एकैदिन थपिए १४३ जना संक्रमित
+
-

धनगढी-सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक महिना यता कोरोना परिक्षण न्यून भइरहेको भएपनि संक्रमितको संख्या भने ह्वात्तै बढेको छ।

पछिल्लो एक महिना यता प्रदेशका बिभिन्न प्रयोगशालामा गरि दैनिक ३ सय देखि ४ सयको हाराहारीमा मात्र स्वाव परीक्षण भैरहेको छ तर कम परिक्षणमा पनि दैनिक १ सय जनाको हाराहारीमा संक्रमण पुष्टि भैरहेको छ।

मंगलबार मात्र सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार प्रदेशभरी झण्डै ५ सय जनाको स्वाव परिक्षण गरिएको छ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ८१ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा १५ जना, बैतडी अस्पतालको प्रयोगशालामा १५ जना, बझाङ अस्पतालको प्रयोगशालामा ८ जना र अछामको कमलबजार प्रयोगशालामा २४ जनामा संक्रमण पुष्टि भएको छ।

मंगलबार थपिएका संक्रमित मध्य सबैभन्दा बढी कैलालीका ७४ जना, कंचनपुरका ७ जना, अछामका १८ जना, बैतडीका १७ जना, बझाङका ८ जना,बाजुराका ६ जना, डडेल्धुराका १२ जना र डोटीका १ जना रहेका छन्।

मंगलबार १ सय ४३ जना थपिए संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ३ सय ५२ पुगेको छ। यी मध्य सकृय संक्रमितको संख्या १७ सय ९६ रहेको मन्त्रालयले जनाएको छ । मंगलबार सम्म प्रदेशभर ९ हजार ५ सय १७ जना संक्रमण निको भएर घर फर्किएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी संक्रमित कैलाली जिल्लामा रहेका छन्। कैलालीमा मंगलबार सम्म संक्रमितको संख्या ४ हजार ७ सय ७४ पुगेको छ।

सबैभन्दा कम दार्चुलामा ३ सय २१ जना रहेका छन्। प्रदेशभर मंगलबार सम्म कोरोना संक्रमणका कारण ३९ जनाको मृत्यु भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष