रियल मड्रिड स्तब्ध, राजीनामा नदिने जिदानको भनाइ

रियल मड्रिड स्तब्ध, राजीनामा नदिने जिदानको भनाइ
+
-

अन्तिम १६ मा स्थान बनाउने सम्भावना जीवित रहे पनि सो सम्भावना बलियो बनाउने मौका रियल मड्रिडले गुमाएको छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा शाख्तर डोनेस्कसँग रियल मड्रिड २–० ले पराजित भएको छ । अवे मैदानमा भएको समूह बी अन्तर्गतको खेलमा दोस्रो हाफमा रियल मड्रिडले दुई गोल खाएको हो ।

शाख्तर डोनेस्कका लागि डेन्टिन्हो र मानोर सोलोमनले गोल गरेका हुन् ।

१३ पटकको च्याम्पियन रियल मड्रिडलाई अब अन्तिम १६ मा स्थान बनाउनका लागि समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानको बोरुसिया मोन्चेङ्गग्लाडवाचलाई पराजित गर्नु पर्ने हुन्छ ।

हारपछि तेस्रो स्थानमा झरेको रियल मड्रिडको सात अंक छ । समान सात अंक बनाएको शाख्तर डोनेस्क दोस्रो स्थानमा पुगेको छ ।

इन्टर मिलानसँग ३–२ ले पराजित भएको बोरुसिया ८ अंकसहित शीर्ष स्थानमा छ । पुछारको इन्टर मिलानको पाँच अंक छ ।

पराजित भएको टिम रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले समय कठिन भए पनि आफूले राजीनामा नदिने बताएका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष