प्रेसर कुकुर पड्किदा एकजना घाइते

प्रेसर कुकुर पड्किदा एकजना घाइते
+
-

सिमकोट-हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिका वडा नम्बर-३ का एकजना खाना पकाइरहेका बेला कुकर पड्किदा गम्भीर घाइते भएका छन्।

आफ्नै घरमा खाना पकाई रहेको अवस्थामा वासर फुत्कीएर कुकर पड्किदा वडा ३ का देउलु रोकाया गम्भीर घाइते भएका हुन।

कुकर पड्किदा रोकायाको टाउकोमा गम्भीर चोट लागेको घाइते रोकायाका छोरा निर्प रोकायाले जानकारी दिए । उनले भान्सामा खाना पाकी रहेको बेला वासर चुटिएको थाहा नपाएकाले  कुकरको ढकन फुत्किएर बुवाको टाउकोमा लागेको बताए।

रोकायाका टाउँकोमा गम्भीर चोट लागेको छ। टाउकाको हड्डीमा गम्भीर चोट लागेको छ।  उनको श्रीनगर स्वास्थ्य चौकीमा सामान्‍य उपचार गरिएको छ। तर चोट गम्भीर भए काले रिफरको लागि मंगलबार राति नै बाजुराको धुलाचौर पुर्‍याइएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताए।

उनले टाउकोमा गम्भीर चोट लागेको छ, हड्डीनै भाँचीए जस्तो छ, यहाँ चेकजाँच गर्ने साधन नै छैन यहाँ नसकीने भएर जिल्ला बाहिर रिफर गरिएको बताए।

घाइते रोकायालाइ बाजुराको कोल्टी बिमानस्थलबाट सुर्खेत वा नेपालगञ्ज लिने तयारी भहिरहेको छ। घटना मंगलवार राती भएको हो।

घाईतेलाई सदरमुकाम काम ल्याउन भन्दा बाजुरा लिन नजिक पर्छ । घटना स्थल सदरमुकाम सिमकोटबाट तीन दिन पैदल लाग्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?