पिएसजीले पार्यो म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा स्तब्ध

पिएसजीले पार्यो म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा स्तब्ध
+
-

च्याम्पियन्स लिग फुटबल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा ३-१ ले पराजित गरेको हो । समूह एच अन्तर्गतको खेलमा पिएसजीका लागि नेइमारले दुई तथा मार्क्वीन्होसले एक गोल गरे ।

म्यानचेस्टर युनाइटेडका लागि मार्कश रासफोर्डले एक गोल गरेका हुन् । ७३ औँ मिनेटमा फ्रेड दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो ।

नेइमारले छैटौँ र इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा गोल गरेका हुन् । मार्क्वीन्होसले ६९ औँ मिनेटमा गोल गरे । युनाइटेडका रासफोर्डले ३२ औँ मिनेटमा गोल गरेका थिए ।

पराजयपछि पनि युनाइटेड एक खेल बाँकी हुँदा ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । उसको अन्तिम १६ मा छनौट हुने सम्भावना अरु दुई क्लब पिएसजी र आरबी लेइप्जिगको जस्तै छ ।

जित निकालेको पिएसजी समान ९ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ । बुधबार राति नै भएको खेलमा स्थानबुल बासाक्सिहिरलाई ४-३ ले पराजित गरेको आरबी लेइप्जिग पनि ९ अंकसहित समूहको तेस्रो स्थानमा छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष