भरुवा बन्दुक पड्किएर उदयपुरमा वन रक्षकको मृत्यु

भरुवा बन्दुक पड्किएर उदयपुरमा वन रक्षकको मृत्यु
+
-

उदयपुर-उदयपुरस्थित सव डिभिजन वन कार्यालयका एक कर्मचारीको बन्दुक पड्किएर मृत्यु भएको छ ।

उदयपुर प्रहरी कार्यालय प्रमुख भीमबहादुर दाहालका अनुसार बुधबार राती वन रक्षक दुहबीका ४० वर्षीय लेखनाथ बास्तोलाको बन्दुर पड्किएर मृत्यु भएको हो।

जंगलमा गस्ती जाने क्रममा भेटिएको भरुवा बन्दुक कार्यालय ल्याइ पुराउदाँ पड्किएको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक दाहालले जानकारी दिए। बास्तोला सव डिभिजन वन कार्यालयमा कार्यरत वन रक्षक हुन्।

जंगलमा गस्तीका निस्किएका वन रक्षकले लोड गरेको अवस्थामा भरुवा बन्दुक फेला पारेर राति १० बजेतिर कार्यालय ल्याएका थिए ।

वनकै गाडीमा राखेर ल्याइएको बन्दुक गाडीबाट निकाल्ने क्रममा उदयपुरको बेलका नगरपालिका–१ स्थित कार्यालयको गेट अगाडि पड्किए छातीमा छर्रा लागेर प्रहरी प्रमुख दाहालको भनाइ छ । दाहालका अनुसार बन्दुक कसको, कुन ठाउँमा फेला परेको हो र कसरी घटना भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ ।

घटनाबारे १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले घटनाका बारेमा अनुसन्धान गर्दै वास्तविकता पत्ता लगाउन पनि उदयपुर प्रहरीलाई निर्देशन दिएका छन्।

यद्धपी, प्रहरीले वन्यजन्तुको चोरी सिकारी गर्ने समूह जंगल पसेको र वन रक्षक गस्तीमा आएको चाल पाएर बन्दुक त्यहीँ फ्यालेर भागेको हुनसक्ने अनुमान गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष