एसियाली खेलकुद गर्न नेपालको समर्थन खोज्दै कतार

एसियाली खेलकुद गर्न नेपालको समर्थन खोज्दै कतार
+
-

काठमाडौँ– कतार ओलम्पिक कमिटीले २१ औँ एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ।

कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौँ आएको प्रतिनिधि मण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुलाई भेट गरी सन् २०३० मा आयोजना हुने २१ औँ एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो।

कतारले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ। एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९ औँ ओसीए महासभामा २१ औँ एसियन खेलकुदका लागि मतदान हुनेछ।

हालसम्म कतार र साउदी अरेबियाले २१ औँ एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन्। नेपालले पनि ती दुईमध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ।

नेपालसँगै ४५ देशहरुले मतदान गर्नेछन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कतार र नेपालको बीचमा रहेको कुटनीतिक सम्बन्ध र धेरै नेपालीहरुले कतारमा रोजगारी पाएको हिसाबले पनि कतार ओलम्पिक कमिटीले नेपालको समर्थनको अपेक्षा गरेको बताए।

यद्यपि कसलाई समर्थन गर्ने भन्ने सम्बन्धमा निर्णय गर्न बाँकी रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ।

कतार ओलम्पिक कमिटीको टोलिले एसियन खेलुकदलाई नमुनाको रुपमा आयोजना गर्ने बताएको पनि अध्यक्ष श्रेष्ठले बताए।

कतारमा एसियन खेलकुद आयोजना हुँदा नेपाली खेलाडीले पनि राम्रो समर्थन पाउने र खेलाडीको मनोबल बढ्ने भन्दै कतार ओलम्पिक कमिटीले नेपालको समर्थन खोजेको हो।

यसअघि २००६ मा एसियन खेलकुद आयोजना गरेको कतारले २०२२ को विश्वकप फुटबल समेत आयोजना गर्दैछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष