विराटनगरको सहिद रंगशालामा फ्लड लाइटको मास्ट जडान सुरु

विराटनगरको सहिद रंगशालामा फ्लड लाइटको मास्ट जडान सुरु
+
-

मोरङ– विराटनगरस्थित सहिद मैदानमा रात्रीकालिन खेल हुने गरी फ्लड लाइटको मास्ट जडान कार्य सुरु भएको छ।

बिहीबार सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा रंगशाला निरीक्षण गरेका थिए।

सोही क्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहिद रंगशालालाई समयानुकल अत्याधुनिक रंगशालाका रुपमा निर्माण गर्नेमा जोड दिएका थिए।

विराटनगरलाई खेलकुदमय बनाउनका लागि काम सुरु भएको बताएका मन्त्री घिमिरेले कोभिडबाट थलिएको खेलकुदलाई परिस्थिति हेरिकन चाँडै गतिविधि सुरु गर्न अनुमति दिन सकिने बताए।

यसक्रममा उनले संरचना निर्माणमा जोड दिँदै प्रदेशमा भएका पुराना संरचना सुधार र मर्मत गर्दै खेलकुदलाई चलायमान बनाउने उनको भनाइ छ।

त्यसैगरि महानगरपालिकाले खेलकुद लगायतका भौतिक संरचना निर्माणमा नागरिकको सहभागिता आवश्यक रहेको उल्लेख गरेका थिए।

महानगरले सहिद रंगशालाको प्याराफिट, बैजानाथपुरमा रहेको स्पोर्टस कम्प्लेक्सको स्तरोन्नतीमा विशेष ध्यान दिने मेयर पराजुलीको भनाइ छ। महानगरमा खेलकुद गतिविधिलाई तीव्रता दिन गुरुयोजना भएपनि बजेट अभावका कारण पूर्णता दिन नसकिएको उनले बताए।

मैदानको दक्षिणपश्चिमतर्फ लाइटका लागि मास्ट राख्ने कार्य भएपनि बाँकी तीनतिर भने केही समय लाग्ने निर्माण कम्पनी कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनका सञ्चालक गणेश कार्कीले जानकारी दिए। ३३ मिटर अग्लो रहने प्रत्येक मास्टमा १ हजार वाटका २७ वटा बल्व रहने छन्।

गतवर्ष असोज १ गते सामाजिक विकास मन्त्रालयसँग विराटनगरकै कन्स्ट्रक्सनले लाइट जडानका लागि ४ करोड २९ लाख रुपैयाँमा सझौता गरेको थियो।

२ सय १० दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि विविध कारण जडान कार्यमा ढिलाई भएको कन्स्ट्रक्सनले जनाएकोछ। त्यसपछि भदौ मध्येमा दोस्रोपटक सम्झौता म्याद थप गरी कार्य अघि बढाइएको थियो। दोस्रोपटकको सम्झौता अनुसार पौषभित्र जडान कार्य सकिनेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष