
झापा– कोरोना भाइरस संक्रमित प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।
बिहीबार साँझ अचानक उनको शरीरमा अक्सिजनको कमी भएपछि उनलाई शुक्रबार अपरान्ह नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार अधिकारीलाई काठमाडौँ पठाइएको हो।
अधिकारीलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो।